सुनको मुल्यमा निरन्तर वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२४ माघ २०८१
सुनको मुल्यमा निरन्तर वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ माघ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । बुधबार तोलामा २२ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि १६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस