काठमाडौं, २३ माघ । नेकपा (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ ।
यही माघ १४ गते सोमबार पार्टीले जारी गरेको अपानी ४ मार्फत ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखको जीम्मेवारीमा पार्टीका सम्मानित नेता झलनाथ खनाललाई तोकिएको छ भने पार्टीका वरिष्ठ नेताद्धय डा.बेदुराम भुसाल र डा.विजय पौडेलले उपप्रमुखको जिम्मेवारी पाएका छन् ।
यस्तै सङगठन विभाग प्रमुखको जिम्मेवारी डा. बेदुराम भुसाललाई दिइएको छ भने सो विभागको उपप्रमुखमा रामचन्द्र यादवलाई तोकिएको छ ।
पार्टीको विदेश विभागको प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा, प्रचार विभाग प्रमुखमा उपाध्यक्ष प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराईलाई तोकिएको छ ।
तयस्तै, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे रहेका छन् ।
कुन विभागमा को ?

