काठमाडौं, २३ माघ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।