काठमाडौं, २१ माघ । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार पनि सुनको मूल्य स्थिर रहँदै सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।