काठमाडौं, २० माघ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सुन तोलामा २३ सय रुपैयाँले बढेर सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।