एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनसमय |
१८ माघ २०८१
एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, १८ माघ । नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस