काठमाडौं, १९ कात्तिक । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी प्रताप सुवेदीलाई दिएको छ ।
अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नियुक्तिसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सुवेदीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिए ।