परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

अनलाइनसमय |
१८ कार्तिक २०८३
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं, १८ कात्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

‘भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ,’ मन्त्रालयले भनेको छ ।

साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस