बागमतीमा कृषि उपजले ढाकेको क्षेत्रफल र उत्पादन दुबै घट्यो

अनलाइनसमय |
२७ असोज २०८३
बागमतीमा कृषि उपजले ढाकेको क्षेत्रफल र उत्पादन दुबै घट्यो

काठमाडौं, २७ असोज । बागमती प्रदेशमा कृषि उपजले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन (वार्षिक प्रतिवेदन २०८२/८३)’ अनुसार बागमतीमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल १.४ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल ७.८ प्रतिशतले घटेको थियो ।

समग्र खाद्य तथा अन्य बालीको क्षेत्रफलमा मकै बालीको क्षेत्रफल सबैभन्दा धेरै ३८.४४ प्रतिशत रहेको छ । साथै, धान बालीको क्षेत्रफल २३.५३ प्रतिशत र कोदो बालीको क्षेत्रफल ११.६५ प्रतिशत रहेको छ । जौ बालीको क्षेत्रफल ०.२९ प्रतिशत र फापर बालीको क्षेत्रफल ०.५६ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा तरकारी तथा वागवानी बालीले ढाकेको क्षेत्रफल ३.२ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो क्षेत्रफल ३.९ प्रतिशतले बढेको थियो । त्यस्तै, फलपूmल बालीले ढाकेको क्षेत्रफल ३.० प्रतिशतले घटेको छ भने मसला बालीले ढाकेको क्षेत्रफल ७.९ प्रतिशतले बढेको छ ।

उत्पादन पनि घट्यो

कृषि बालीले ढाकेको क्षेत्रफलमा आएको ह्राससँगै उत्पादन पनि घटेको छ । गत वर्षमा समग्र कृषि बालीको उत्पादन ०.९ प्रतिशतले घटेको छ । गतवर्ष सो उत्पादन २.७ प्रतिशतले बढेको थियो ।

गत वर्षमा धान उत्पादन ०.४ प्रतिशत, मकै ०.३ प्रतिशत, गहुँ २.५ प्रतिशत, कोदो ०.३ प्रतिशत, जौ १३.६ प्रतिशत र फापर उत्पादन २.५ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा धान, मकै, गहँु, जांै र फापर उत्पादन व्रmमशः १.१ प्रतिशत, ५.१ प्रतिशत, २७.२ प्रतिशत, ३२.५ प्रतिशत र २७.२ प्रतिशतले घटेको थियो भने कोदोउत्पादन २.१ प्रतिशतले बढेको थियो ।

आव २०८२/८३ मा  तरकारीको उत्पादन २.८ प्रतिशतले बढेको छ । त्यस्तै, फलफूलको उत्पादन २.४ प्रतिशतले बढेको छ भने मसलाको उत्पादन १८.८ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस