काठमाडौं, २२ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ । भदौ १० को भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि कांग्रेसले सो रकम उपलब्ध गराएको हो ।
आज महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसका नेताहरुले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर चेक हस्तान्तरण गरेका हुन् ।
महामन्त्री पौडेलसहित पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराव चालिसे, प्रमुख समेतक वासना थापा, रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य लगायत नेताहरु अर्थमन्त्रालय पुगेका थिए ।
कांग्रेसले पार्टीका नेता कार्यकर्ताहरूबाट सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो ।