काठमाडौं, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि नुवाकोट पुगेका छन् ।
नुवाकोट पुगेर पौडेलले बाढी प्रभावित क्षेत्रको अवस्था, खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका कामबारे जानकारी लिएका हुन् । उनले प्रभावितलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रभावित नागरिकको अवस्था तथा राहत र उद्धारका क्रममा भइरहेका कामबारे सम्बन्धित पक्षसँग जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।