Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

युएईद्वारा नेपाललाई १० मिलियन डलर सहायता : २० टन राहतसहित प्रहरीको विशेष उद्धार टोली काठमाडौं आइपुग्यो

अनलाइनसमय |
२२ भदौ २०८३
युएईद्वारा नेपाललाई १० मिलियन डलर सहायता : २० टन राहतसहित प्रहरीको विशेष उद्धार टोली काठमाडौं आइपुग्यो

काठमाडौं, २२ भदौ । संयुक्त अरब इमिरेट्स (यूएई) ले बाढी तथा पहिरोबाट प्रभावित नेपाली मानवीय सहयोगलाई तीव्र पारेको छ । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानले नेपालका लागि १० मिलियन अमेरिकी डलर बराबरको राहत कोष घोषणा गरेका छन् ।

यस्तै, युएईले २० टन अत्यावश्यक सामग्री बोकेको आफ्नो तेस्रो राहत विमान नेपाल काठमाडौं आइपुगेको छ । योसँगै युएईले हालसम्म कुल १४८ टन राहत सामग्री नेपाल आइपुगेको छ ।

राहत सामग्रीका साथै दुबई प्रहरीको एक विशेष खोज तथा उद्धार टोली पनि नेपाल आइपुगेको छ । बेपत्ता भएका व्यक्तिहरूको तीव्र खोजी तथा उद्धारका लागि यो टोली अत्याधुनिक र प्रभावकारी प्रविधिसहित खटिएको छ । नेपाली सुरक्षा निकाय र अधिकारीहरूसँग मिलेर टोलीले काम गरिरहेको छ ।

राहत विमान र उद्धार टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवै देशका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नेपालका तर्फबाट डा. महावीर पुन र सहसचिव रामकाजी खड्का तथा युएईका तर्फबाट युएईका राजदूत अब्दुल्ला अल शाम्सी र डा. अहमद अल मन्सुरीले टोलीलाई स्वागत गरेका थिए ।

प्रभावित परिवारहरूलाई छिटोभन्दा छिटो राहत पुर्याउनका लागि युएईको टोलीले खाद्यान्न पार्सल र अत्यावश्यक सामग्रीहरू सिधै पीडित परिवारसम्म पु¥याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun