casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य, विपन्नलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया

अनलाइनसमय |
११ चैत २०८२
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य, विपन्नलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया

काठमाडौं, ११ चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूको मोतिबिन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बैंकको कर्पोरेट कार्यालय, कमलादीमा मंगलबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा विपन्न तथा जेष्ठ नागरिकहरूको निःशुल्क रूपमा मोतिबिन्दु पहिचान तथा शल्यक्रिया गर्नेछ । साथै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ ।

कार्यक्रममा अध्यक्ष ढकालले बैंकले स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजमा फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सातै प्रदेशमा विस्तार गरिएको बताए । ‘हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई सातै प्रदेशमा समान रूपमा पु¥याउने प्रयास गरेका छौं, किनकि हाम्रो विश्वास छ— हामी जहाँ व्यापार गछौँ,’ उनले भने, ‘जहाँबाट नाफा कमाउँछौँ, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ ।’

त्यस्तै, प्रा. डा. सन्दुक रुइटले नेपाली बैंकसँगको सहकार्यलाई अवसर र चुनौती दुवैका रूपमा लिँदै यसलाई दिगो बनाउने प्रतिबद्धता जनाए । उनले कार्यक्रमहरूमा पारदर्शिता र प्रभावकारी व्यवस्थापनमा जोड दिइने बताए ।

सीईओ रेग्मीले ठूलो बैंक र प्रतिष्ठित संस्थाबीचको सहकार्यले सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालनमा थप उत्साह मिलेको बताउँदै आगामी दिनमा सहकार्यलाई अझ विस्तार गरिने जानकारी दिए ।

समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, बैंक तथा प्रतिष्ठानका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान सन् १९९२ मा स्थापना भएको गैरनाफामूलक संस्था हो, जसले आँखा स्वास्थ्य सेवा, अनुसन्धान, शिक्षण तथा आँखा बैंकमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun