पूँजीगत क्षमता बढाउन के छ डिसिजिएफको तयारी ? (अन्तरवार्ता)
अनलाइनसमय |
४ पुष २०८२
काठमाडौं, ४ मंसिर । नेपालमा वित्तीय पहुँच र वित्तीय सहभागिता बढ्दै छ । यस्तोमा पक्कै पनि तपाईं हामी सबैको बैंक खाता हुनुपर्छ । अनि त्यो खातामा निश्चित रकम बचत पनि होला । तर तपाईंलाई थाहा छ ? बैंकहरूमा भएको हाम्रो ५ लाखसम्मको बचतको सुरक्षण गरिएको हुन्छ । बचतको सुरक्षण भनेको बीमा जस्तै हो । जसको अर्थ हामीले बचत राखेका बैंक तथा वित्तीय संस्थाले कुनै कारणवश रकम फिर्ता दिन नसकेमा पनि हाम्रो बचत रकम डुब्दैन, सुरक्षित नै हुन्छ । नेपालमा यस्तो काम गर्ने जिम्मेवारी निक्षेप तथा कर्जा सुरक्षण कोषले पाएको छ । जसलाई संक्षेपमा डिसिजिएफ भनिन्छ । कोषले बचत रकम मात्र होइन, बैंक तथा वित्तीय संस्थाले निश्चित क्षेत्रमा प्रवाह गरेका कर्जाको समेत सुरक्षण गर्दै आएको छ । कोषले सुरक्षण गरेको रकम वर्षेनि बढ्दै गएको छ । कोषले हालसम्म १६ खर्ब बराबरको निक्षेप र ३ खर्बभन्दा बढी कर्जाको सुरक्षण गरेको छ । तर सोअनुसार कोषको पूँजी भने बढ्न सकेको छैन । सुरक्षण रकमको आकारअनुसार कोषको पूँजी नबढ्दा वित्तीय संस्थामा भोलि संकट आइहालेमा कोषले कसरी सुरक्षण रकम फिर्ता गर्ला भन्ने चिन्ता वित्तीय क्षेत्रबाटै हुन थालेको छ । यस्तै बेला ऐन संशोधन गरेर सरकारले सहकारीको समेत निक्षेप सुरक्षणको जिम्मेवारी कोषलाई दिएको छ । यसै पनि पूँजीकोष कम भइरहेकोमा अब सहकारीको समेत निक्षेपको सुरक्षण गर्नुपर्दा कोषको पूँजीमा थप दबाब पर्ने देखिन्छ । यो अवस्थामा कोषले पूँजी लगायत अवस्था कसरी सुदृढ बनाउँदै छ त ? कोषका सुरक्षणका कार्यक्रम के के छन् ? कुन योजनामा कति सुरक्षण छ ? नयाँ कार्यक्रम के छन् र वित्तीय साक्षरतामा कोषले कसरी काम गरिरहेको त त ? यस विषयमा बिहीबार (हिजो) हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेसँग गरिएको कुराकानी यस्तो छ ।