राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

अनलाइनसमय |
२४ चैत २०८२
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं, २४ चैत । राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो ।

पण्डित विसं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका थिए । उनले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायत विभागमा रहेर काम गरिसकेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस