काठमाडौं, १७ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १९ दशमलव ७० अंकले बढेर दुई हजार ८५१ दशमलव ०९ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १९५ धितोपत्रको शेयर मूल्य बढ्दा ६३ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३९ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार १३ समूहको उपसूचकमध्ये ११ को बढेको छ भने २ उपसूचक घटेको छ ।
आज उत्पादन तथा प्रशोधन समूह १ दशमलव ९४, फाइनान्स १ दशमलव १२, होटेल तथा पर्यटन १, बैंकिङ र निर्जीवन बीमाको समान शून्य दशमलव ७६, हाइड्रोपावर शून्य दशमलव ७५, व्यापार शून्य दशमलव ७४, लगानी शून्य दशमलव ५६, जीवन बीमा शून्य दशमलव ५२, माइक्रोफाइनान्स शून्य दशमलव ५१ र विकास बैंक समूहको उपसूचक शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।
यस्तै अन्य शून्य दशमलव ५५ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।
आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, रिलाइन्स स्पीनिङ मिल्स, होटल फरेष्ट इन र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंक ८ दशमलव ९६, एनआईसी एशिया ब्यालेन्स फण्ड ५ दशमलव ७१, एनआईबीएल ग्रोथ फण्ड ४, रिदी पावर ३ दशमलव २१ र धौलागिरी लघुवित्तको शेयर मूल्य २ दशमलव ८ प्रतिशतले ह्रास आएको छ ।