काठमाडौं, १७ चैत । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बिहान उनलाई पक्राउ गरेको जनाएको हो ।
रिजाल भदौ २३ गते भएको जेनजी आन्दोलनका समयमा काठमाडौंका सीडीओका रूपमा कार्यरत थिए । सो आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउन निर्देशन दिएको आरोप उनीमाथि लागेको छ ।