चैत ६ र ७ गते लुम्बिनी र कोशीमा तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

अनलाइनसमय |
५ चैत २०८२
चैत ६ र ७ गते लुम्बिनी र कोशीमा तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ५ चैत । यही चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।
विभागले आज दिउँसो एक सूचना सार्वजनिक गर्दै चैत भोलि (शुक्रबार) दाङ र नेपालगञ्जसहितका लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।

यसैगरी चैत ७ गते शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा हावाहुरी चल्ने विभागले जनाएको छ । हावाहुरीको वेग ३३ मिटर प्रतिसेकेण्ड वा करिब ११९ किलोमिटर प्रतिघण्टाको हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । ‘यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस