समानुपातिक सांसद्ले लिए निर्वाचित भएको प्रमाणपत्र

अनलाइनसमय |
५ चैत २०८२
समानुपातिक सांसद्ले लिए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौं, ५ चैत । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसद्लाई प्रमाणपत्र दिइएको छ ।
निर्वाचन आयोगले आयोग परिसरमा एक समारोहको आयोजना गरी विभिन्न ६ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएकासांसद्हरुलाई प्रमाणपत्र उपलब्ध गराएको हो ।

आयोगले गत सोमबार ११० जना समानुपातिक सांसद्को सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४/४ जना सांसद् निर्वाचित भएका छन् ।

यसैगरी, निर्वाचन आयोगले आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ । राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस