४६.७८ अंकले घट्यो नेप्से, १३ अर्बको कारोबार

अनलाइनसमय |
२७ फागुन २०८२
४६.७८ अंकले घट्यो नेप्से, १३ अर्बको कारोबार

काठमाडौं, २७ फागुन । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ३४ धितोपत्रको शेयर मूल्य बढ्दा २२५ को घटेको छ । यस्तै ३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२९ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार म्युचुअल फण्ड (शून्य दशमलव ३४ प्रतिशत)बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापा समूह सर्वाधिक ३ दशमलव ०४ प्रतिशतले घटेको छ ।

यस्तै फाइनान्स २ दशमलव ०८, जीवन बीमा १ दशमलव ९८, लगानी १ दशमलव ८७, अन्य १ दशमलव ८३, बैंकिङ १ दशमलव ८२, माइक्रोफाइनान्स १ दशमलव ६४, होटेल तथा पर्यटन १ दशमलव ५६, उत्पादन तथा प्रशोधन १ दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ९७ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ७१ प्रतिशतले घटेको छ ।

आज साल्पा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेशनल हाइड्रोपावर ९ दशमलव ९६, रिलाइन्स स्पीनिङ मिल्स ९ दशमलव ३३, रिदी पावर ५ दशमलव ७२ र कुमारी सवल योजनाको शेयर मूल्य ५ दशमलव १८ प्रतिशतले बढेको छ ।

यसदिन कालिका पावर ८ दशमलव ४७, पञ्चकन्या माइ हाइड्रोपावर ५ दशमलव ७७, थ्री स्टार हाइड्रोपावर ५ दशमलव ३७, ट्रेड टावर ४ दशमलव ४७ र पीयर इनर्जीको शेयर मूल्य ४ दशमलव ०१ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस