वायु प्रदूषण नियन्त्रण गर्न नेपाललाई विश्व बैंकको ५.२० करोड डलर ऋण

अनलाइनसमय |
२७ फागुन २०८२
वायु प्रदूषण नियन्त्रण गर्न नेपाललाई विश्व बैंकको ५.२० करोड डलर ऋण

काठमाडौं, २७ फागुन । विश्व बैंकले नेपाललाई ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’को लागि ५ करोड २० लाख डलर सहुलियतपूर्ण ऋण उपलव्ध गराउने भएको छ । विश्व बैंकको बोर्ड बैठकले नेपालमा वायु प्रदूषण घटाउन र वायु गुणस्तर व्यवस्थापन प्रणाली सुदृढ गर्न ५ करोड २० लाख अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो ।

यो परियोजनाले विशेषगरी औद्योगिक र व्यावसायिक बोइलर र भट्टीबाट निस्कने हानिकारक सूक्ष्म कण (एः२.५) उत्सर्जन घटाउने लक्ष्य राखेको छ । यो काठमाडौं उपत्यका, तराई र वरिपरिका पहाडी क्षेत्रमा केन्द्रित हुनेछ । परियोजना वायु प्रदूषण जोखिम उच्च रहेका स्थानमा लागू हुनेछ ।

‘वायु प्रदूषण केवल सार्वजनिक स्वास्थ्य संकट मात्र नभई नेपालको अर्थतन्त्रमा ठूलो भार पनि हो, जसले स्वास्थ्य खर्च र श्रम उत्पादकत्वको क्षतिबाट हरेक वर्ष जीडीपीको ६ प्रतिशतभन्दा बढी असर पार्छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेविड सिसलेनले भने, ‘यो परियोजनाले लाखौं मानिसलाई हानिकारक प्रदूषणबाट जोगाउने लक्ष्य राखेको छ, जसले नेपाली उद्यमहरुलाई सफा र अधिक प्रभावकारी प्रविधिहरू अपनाउन मद्दत गर्नेछ, जसले सञ्चालन लागत घटाउने, प्रतिस्पर्धात्मकता सुधार गर्ने र दिगो औद्योगिक विकासमा सहयोग गर्नेछ ।’

यो परियोजनाले नेपाली उद्योगलाई स्वच्छ उत्पादनतर्फ जान प्रोत्साहन गर्दै दीर्घकालीन दिगो विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।

यस परियोजनाले करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई इलेक्ट्रिक बोइलर÷फर्नेस, आधुनिक बायोमास बोइलर÷फर्नेस वा उन्नत उत्सर्जन नियन्त्रण प्रविधि अपनाउन सहयोग गर्नेछ, जसले वायु गुणस्तरमा महत्वपूर्ण सुधार ल्याउनेछ ।

यो परियोजना उद्योग मन्त्रालय अन्तर्गतको उद्योग विभाग र वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागमार्फत कार्यान्वयन हुनेछ । राष्ट्रिय वाणिज्य बैंकले सफा प्रविधि वित्त पोषण सुविधा सञ्चालन गर्ने बैंकको रूपमा सेवा दिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस