आधा जनसंख्या बीमाको पहुँचमा, विस्तारमा अझै ठूलो अवसर (अन्तरवार्ता)
अनलाइनसमय |
२ फागुन २०८२
काठमाडौं, २ फागुन । मानिसको जीवन अनिश्चितताले घेरिएको हुन्छ । व्यक्तिको जीवन र धनसम्पत्तिमा विभिन्न कारणले जुन कुनै पनि क्षति, हानि नोक्सानी पुग्न सक्छ । बीमा जोखिम हस्तान्तरणको निर्विकल्प उपकरण हो । बीमा गरेमा भोलि भवितव्य पर्दा वित्तीय सुरक्षा पाइन्छ ।
नेपालमा जीवन बीमा शुरू भएको ५० वर्षपछि आधा जनसंख्या बीमाको पहुँचमा पुगेको तथ्यांक छ । यो तथ्यांक अनुसार अझै पनि ठूलो संख्या बीमाको दायरामा आउन बाँकी छ । नेपालमा वित्तीय साक्षरता नै कमजोर रहेको अवस्थामा बीमा साक्षरतामार्फत बीमाका लाभ र महत्वबारे बुझाउन पनि उत्तिकै आवश्यक छ । किनकि अझै पनि धेरैले बीमालाई आर्थिक बोझका रूपमा लिने गरेका छन् । केही बुझेकाहरूले पनि जीवन बीमालाई भने जोखिम हस्तान्तरणको उपकरणभन्दा लगानीको उपकरणको रूपमा लिएको पाइन्छ ।
बीमा कम्पनीहरूको दृष्टिकोणबाट हेर्दा चाहिँ नेपालमा जीवन बीमाको अवस्था कस्तो छ ? जीवन बीमा व्यवसाय विस्तारका अवसर र सम्भावना के छन् ? विपन्न र दूरदराजका नागरिकसम्म विशेषगरी जीवन बीमाको पहुँच कसरी पु¥याउन सकिन्छ ? यसका लागि वित्तीय साक्षरताको महत्व र बीमकहरूले गरिरहेका प्रयास के छन् ?
यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीसँग गरिएको कुराकानी यस्तो छ :