धितोपत्र बजारमा नयाँ उपकरण ल्याउने तयारी (अन्तरवार्ता)
अनलाइनसमय |
२३ माघ २०८२
काठमाडौं, २३ माघ । कुनै पनि मुलुकको वित्तीय प्रणालीमा पूँजी बजारको महत्वपूर्ण स्थान हुन्छ । त्यसैले पूँजी बजारलाई अर्थतन्त्रको ऐना र अर्थ व्यवस्थाको परिसूचक समेत मानिन्छ । दीर्घकालीन लगानी जुटाउन पूँजीबजार दिगो वित्तीय उपकरण हो । नेपालमा पूँजीबजारको प्रमुख घटकको रूपमा धितोपत्र बजार रहेको छ । सानो पूँजीबाटै प्रवेश गर्न सकिने हुँदा नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । हाल धितोपत्र बजारमा ७४ लाखभन्दा बढी डिम्याट खाता खुल्नुले पनि बजारमा सहभागीको आकर्षण देखाउँछ । धितोपत्र बजारको पहुँच तथा दायरा विस्तारमा सूचना प्रविधिको विकास, अनलाइन कारोबार सुविधाको पनि ठूलो भूमिका छ ।
यस्तै बजारमा नयाँ नयाँ कम्पनी सूचीकृत हुँदै गर्दा बजारको आकार र कारोबार समेत बढ्न थालेको छ । नेपालको धितोपत्र बजारको एक मात्र सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चाहिँ बजारको विकास क्रमलाई कसरी हेरेको छ त ? सूचनाप्रविधिको प्रयोगबाहेक अन्तरराष्ट्रिय असल अभ्यास, लगानीका नयाँ उपकरण भित्र्याउने, कारोबारलाई सहज, व्यवस्थित एवं पारदर्शी बनाउने पाटोमा नेप्सले कसरी काम गरिरहेको छ ? बजारमा लगानीकर्ताको हित संरक्षण, साक्षरता र शिक्षाको अवस्था कस्तो छ ? यसका लागि नेप्सेको नीति तथा कार्यक्रम के छन् ? यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल स्टक एक्सचेञ्जका प्रबन्धक लीलाधर सुवेदीसँग गरिएको कुराकानी यस्तो छ :