झापा–५ मा एमाले सुरक्षित छ : पोखरेल

अनलाइनसमय |
१६ माघ २०८२
झापा–५ मा एमाले सुरक्षित छ : पोखरेल

काठमाडौं, १६ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा ५ मा एमाले अध्यक्ष केपी ओलीले जित्ने दाबी गरेका छन् ।

शुक्रबार पाटी प्रेस चौतारी नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै सामाजिक सञ्जालमा केही भ्रम फैलाइएको भएपनि आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे ।

‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक खालको प्रभाव त पारेको छ । तर हामी झापा–५ मा पनि सुरक्षित अवस्थामा छौं,’ पोखरेलले भने, ‘त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’

भ्mापा–५ मा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस