३ लाख ९ हजार पुग्यो सुनको मूल्य, चाँदी पनि हालसम्मकै महङ्गो

अनलाइनसमय |
१२ माघ २०८२
३ लाख ९ हजार पुग्यो सुनको मूल्य, चाँदी पनि हालसम्मकै महङ्गो

काठमाडौं, १२ माघ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ हजारु २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भईसकेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, जुन आज नै तोडिएको छ ।

यस्तै, सोमबार चाँदी पनि तोलामा २ सय ८५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आइतबार ६ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार ७६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस