भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

अनलाइनसमय |
१२ माघ २०८२
भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं, १२ माघ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरिसकेको छ ।

कम्पनीले १ अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर अर्थात २० करोड रुपैयाँको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर निष्काशन गरिसकिएको छ ।

अब दोस्रो चरणअन्तर्गत कम्पनीले कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित गरी बाँकी ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गर्न लागेको हो । उक्त शेयरको मूल्य ८ करोड ३० लाख रुपैयाँ बराबर रहेको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गतेसम्म खुला रहनेछ ।

कम्पनीको आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले भुजुङ्ग हाइड्रोपावरलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी प्लस’ प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा तुलनात्मक रूपमा उच्च जोखिम रहेको जनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस