समृद्धि र पोखरा फाइनान्स मर्जर प्रक्रियामा : शेयर स्वाप अनुपात १ः१ निर्धारण

अनलाइनसमय |
२१ पुष २०८२
समृद्धि र पोखरा फाइनान्स मर्जर प्रक्रियामा : शेयर स्वाप अनुपात १ः१ निर्धारण

काठमाडौं, २१ पुस । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड समान अनुपातमा मर्ज हुने भएका छन् । संयुक्त मर्जर समितिले निर्धारण गरेको १ः१ शेयर स्वाप अनुपातमा यी दुई कम्पनी मर्ज हुन लागेका हुन् ।

समृद्धि फाइनान्स र पोखरा फाइनान्सले गत साउन ४ गते मर्जर प्रयोजनका लागि समझदारी गरेका थिए । समझदारी भएसँगै गठित संयुक्त मर्जर समितिले दुवै कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी १ः१ को शेयर अनुपात निर्धारण गरेको थियो ।

मर्जर समितिले अनुमोदनका लागि सञ्चालक समितिमा पेश गरेकोमा समृद्धि फाइनान्सको पुस २० गते बसेको सञ्चालक समितिको ५३७ औं बैठकले १ः१ को अनुपातमा मर्जरमा जाने निर्णय स्वीकृत गरेको हो । यसअघि राष्ट्र बैंकले गत असोज २८ मा समृद्धि र पोखरा फाइनान्सलाई मर्जरको सैद्धान्तिक सहमति दिएको थियो ।

अब दुवै कम्पनीबीचको मर्जर प्रक्रिया अगाडि बढ्नेछ । पोखरा फाइनान्सको मुख्य कार्यालय पोखराको न्युरोडमा छ भने समृद्धि फाइनान्स हेटौंडामा छ । मर्जपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहने जनाइएको छ । यी दुई संस्थाबीच हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने सहमति समेत बनेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस