तोलामा ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२१ पुष २०८२
तोलामा ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २१ पुस । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस