नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता

अनलाइनसमय |
२० पुष २०८२
नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं, २० पुस । नेपाल बैंक लिमिटेड र काठमाडौंको चावहिलमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडबीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकका क्रेडिट कार्ड होल्डरहरू तथा अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गराउँदा अस्पतालका विभिन्न सेवामा लाग्ने कुल बिल रकममा १० प्रतिशत छुट पाउनेछन् ।

२०८२ साल पुस १८ गते सम्पन्न उक्त सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लि. को तर्फबाट व्यवस्थापन प्रबन्धक श्री रोशन ओझाले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटल लि. बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस