१०.२९ अङ्कले घट्यो नेप्से, ५ अर्बको कारोबार

अनलाइनसमय |
२० पुष २०८२
१०.२९ अङ्कले घट्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, २० पुस । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार हुँदा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ७९ धितोपत्रको शेयर मूल्य बढ्दा १७१ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२३ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार १३ समूहको उपसूचकमध्ये ३ को बढ्दा बाँकी १० उपसूचकको घटेको छ ।

आज उत्पादन तथा प्रशोधन १ दशमलव ०४, होटेल तथा पर्यटन शून्य दशमलव ६२ र व्यापार समूहको उपसूचक शून्य दशमलव ३४ प्रतिशतले बढेको छ ।

यसैगरी अन्य १ दशमलव ३४, जीवन बीमा शून्य दशमलव ८८, निर्जीवन बीमा शून्य दशमलव ८६, हाइड्रोपावर शून्य दशमलव ४९, लगानी र माइक्रोफाइनान्सको समान शून्य दशमलव ३२, म्युचुअल फण्ड शून्य दशमलव २९, बैंकिङ शून्य दशमलव १४, फाइनान्स शून्य दशमलव १३ र विकास बैंक समूहको उपसूचक शून्य दशमलव ८ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा श्रीनगर एग्रीटेक इन्डस्ट्रीज र विन नेपाल लघुवित्त रहेका छन् । यस्तै सान्भी इनर्जी ९ दशमलव १६, सागार डिस्टिलरी ७ दशमलव ८३ र यूनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ७ प्रतिशतले बढेको छ ।

यसदिन न्यादी हाइड्रोपावर ४ दशमलव ३२, नेपाल हाइड्रो ४ दशमलव ३१, सीवाइसी नेपाल लघुवित्त ४ दशमलव २१, नेपाल दूर सञ्चार ४ दशमलव ०९ र सुर्यज्योती लाइफ इन्सुरेन्सको शेयर मूल्य ४ दशमलव ०४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस