काठमाडौं, २० पुस । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार १०० रुपैयाँल घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।