पुस २९ गतेदेखि आईपीओ ल्याउँदै सोलु हाइड्रोपावर

अनलाइनसमय |
२० पुष २०८२
पुस २९ गतेदेखि आईपीओ ल्याउँदै सोलु हाइड्रोपावर

काठमाडौं, २० पुस । सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा आईपीओ ल्याउन लागेको हो ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा १ करोड कित्ता स्थानीय बासिन्दा र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । अब सामूहिक लगानी कोष र कर्मचारीका लागि सुरक्षित शेयर छुट्याएर बाँकी ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्काशन गरिनेछ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा माघ ४ र ढिलोमा माघ १४ गते बन्द हुनेछ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग दिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र हिमालयन क्यापिटल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस