काठमाडौं, १६ पुस । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान गरेका छन् । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन शर्मा गए राती ढाका प्रस्थान गरेका हुन् ।
मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । उनी पुस १७ गते बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।
नेत्रृ जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पु¥याएको योगदान स्मरणीय छ । जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री हुन् । उनको ८० वर्षको उमेरमा हिजो (मंगलबार) निधन भएको थियो ।