चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

अनलाइनसमय |
६ पुष २०८२
चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

काठमाडौं, ६ पुस । चीनले शनिबार दक्षिणी चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

बेइजिङ समयअनुसार साँझ ८ः३० बजे लङ मार्च–५ रकेटमार्फत प्रक्षेपण गरिएको उक्त उपग्रह सफलतापूर्वक निर्धारित कक्षामा प्रवेश गरेको जनाइएको छ ।

यो उपग्रह मुख्यतः बहु–ब्यान्ड तथा उच्च–गति सञ्चार प्रविधिको प्रमाणीकरण परीक्षणका लागि प्रयोग गरिनेछ । यस प्रक्षेपणसँगै लङ मार्च वहाक रकेट श्रृंखलाको यो ६१८औँ मिशन बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस