शेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? आधारभूत पक्षबारे नबुझी लगानी नगर्नुहोस् (भिडियो रिपोर्ट)

अनलाइनसमय |
५ पुष २०८२
शेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? आधारभूत पक्षबारे नबुझी लगानी नगर्नुहोस् (भिडियो रिपोर्ट)

काठमाडौं, ४ मंसिर । नेपालमा यस वर्षको ‘विश्व लगानीकर्ता सप्ताह २०२५’ देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । मङ्सिर २५ गतेदेखि शुरू भएको यो अभियान बुधवार सम्पन्न भएको हो । लगानीकर्तालाई आधुनिक वित्तीय प्रणाली, सम्भावित जोखिम तथा सुरक्षित लगानी अभ्यासबारे जानकारी दिने यस वर्षको विश्व लगानी सप्ताहका मूल उद्देश्य थिए ।

नेपालको पूँजीबजारमा लगानीकर्ता सहभागिता छोटो समयमै ठूलो संख्यामा बढेको छ । धितोपत्र बजारमा नेपालको कुल जनसंख्याको २४ प्रतिशतभन्दा बढी सहभागी छन् । नेपालमा कुल २ करोड ९१ लाख ९२ हजार जनसंख्या रहेकोमा हितग्राही अर्थात् डिम्याट खाता खोल्नेको संख्या मङ्सिर अन्त्यसम्ममा ७२ लाख २२ हजारभन्दा बढी पुगेको हो ।

सुरक्षित वित्तीय भविष्यका लागि लगानीको महत्व सर्वोपरि हुन्छ । तर नेपालमा लगानीका क्षेत्र कम छन् । त्यसमा पनि साना र सर्वसाधारण लगानीकर्ताका लागि लगानीका क्षेत्र र उपकरण सीमित छन् । यस्तोमा जाने बुझेर निर्णय लिन सके धितोपत्र बजार लगानीको उपयुक्त विकल्प विकल्प सक्छ ।

धितोपत्र बजारमा प्रवेश गर्नुअघि लगानीकर्ताले आधारभूत विषयमा बुझ्नु अत्यावश्यक छ । यस क्षेत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा बजार तथा कम्पनीको वास्तविक वस्तुस्थिति र आफ्नो जोखिम लिने क्षमता हेरेर लगानीको निर्णय लिनु बुद्धिमानी हुन्छ ।

पूँजी बजारका नियामक निकायहरुको अन्तराष्ट्रिय संस्था आईओएससीओको आह्वानमा सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाइँदै आएको छ । यस वर्षको विश्व लगानीकर्ता सप्ताहका मुख्य विषयवस्तु चारओटा थिए, जसमध्ये प्रविधि तथा डिजिटल फाइनान्स, कृत्रिम बौद्धिकता, ठगी रोकथाम र लगानीका आधारहरू रहेका थिए ।

यस्तो छ बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस