काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सामा भएको क्षेत्र लिपुलेक, लिम्पियाधुरा, कालापानीमा तत्काल जाने योजना नएको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।
‘अहिले तत्काल जाने योजना बनेको छैन, पछि जान सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने । उनले प्रश्नकर्ता सांसद तामाङलाई नै सो क्षेत्रको भ्रमणमा जाने योजना बनेको छ कि क्या हो ? भन्दै प्रतिप्रश्न समेत गरे । उक्त क्षेत्रको भ्रमणमा जाने योजना बनेको भए त्यो राम्रो कुरा भएको प्रधानमन्त्री ओलीले जवाफ दिए ।