श्रीलंकाका लागि नेपाली राजदूत नेपालीले लिए शपथ

अनलाइनसमय |
५ चैत २०८१
श्रीलंकाका लागि नेपाली राजदूत नेपालीले लिए शपथ

काठमाडौं, ६ चैत । श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

नेपालीलाई मन्त्रिपरिषद् बैठकले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । त्यसपछि १९ फागुनमा राष्ट्रपति पौडेलले उनलाई राजदूत पदमा नियुक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस