काठमाडौं, २२ फागुन । गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो ।
गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूची अनुसार बाँकेको सीडीओमा धर्मराज जोशी सरुवा भएर गएका छन् ।पहिले उनी गृहमन्त्रालयमा सह-सचिव थिए ।
त्यस्तै संखुवासभामा दिव्यराज पोखरेल,खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई पठाइएको छ ।
सरुवा भएका ७ जनामध्ये रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् ।
