प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

अनलाइनसमय |
४ फागुन २०८१
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं, ४ फागुन । संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ ।

गत मंगलबार बसेको प्रतिनिधि सभा बैठकमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने जानकारी गराएका थिए । सोही अनुसार आज कार्यसूचीमा यो कार्यक्रम राखिएको छ ।

सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको छ । समूहमा रहेका सदस्यहरुले आफ्नो प्रश्न लिखित रुपमा दर्ता गराइसकेका छन् ।

त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस