प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

अनलाइनसमय |
२५ माघ २०८१
प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

प्रधानमन्त्रीले दिउँसो एक बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भर्चुअल संवाद गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे संवाद गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस