परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

अनलाइनसमय |
१६ माघ २०८१
परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

काठमाडौं, १६ माघ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे छलफल भएको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको चर्चा गर्दै नेपाल र भारतका नागरिक तथा दुई देशको पारस्परिक हितका लागि नेपाल सधैँ भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको बताएकी थिइन् ।

महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । गृहमन्त्री लेखकसँगको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, लागूऔषध ओसारपसार तथा दुव्र्यवसन नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस