काठमाडौं, १५ माघ । आज मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ ।
यही माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउँदे अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयकबारे छलफल हुने बताइएको छ ।