काठमाडौं, १३ माघ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सभामुख घिमिरेले बुधबार दिउँसो १ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
बैठकमा माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।
आइतबार र सोमबार सत्तापक्ष र प्रतिपक्षका सचेतकहरूसँग छुट्टा छुट्टै छलफल गर्न लागेका सभामुख घिमिरेले सोमबार प्रमुख पाँच दलका सचेतकहरूसँग सामूहिक छलफल गर्दैछन् ।