काठमाडौं, ९ माघ । गत सोमबार (७ माघ)मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रीपरिषद्को बैठकले विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१, सहलगानी सम्बन्धी कार्यविधि, २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ खारेज गरेको छ ।
त्यस्तै सरकारले एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ ।
बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसाथपन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने निर्णय समेत गरेको छ ।
निर्णयहरु: