काठमाडौं, २९ पुस । गत शुक्रबार (पुस २६) गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयहरू सार्वजनिक गरेका हुन् ।
बैठकले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बसेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै, समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब एक अर्ब ६३ करोड रुपियाँ बराबरको) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यी हुन् बैठकका निर्णयहरु: