• ताजा समाचार, शिक्षा तथा संस्कृति

    अब छिट्टै विद्यालय शिक्षा ऐनलाई पारित गर्नेछौं : शिक्षामन्त्री भट्टराई

     100 Views
    अब छिट्टै विद्यालय शिक्षा ऐनलाई पारित गर्नेछौं : शिक्षामन्त्री भट्टराई

    काठमाडौं, २ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने बताएकी छन् । आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त ऐन छिटो पारित गर्ने सरकारको तयारी रहेको बताएकी हुन् ।

    उनले भनिन्, ‘हामी विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेका छौँ । यसैगरी शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई आजको दिनमा हार्दिक अनुरोध गर्न चाहन्छौं ।’

    देशमा सञ्चालित आधारभूत र माध्यमिक विद्यालय, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरुलाई व्यवस्थित गर्दै लैजाने उनले बताइन् ।

    मन्त्री भट्टराईका अनुसार नेपालमा सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायी १८ हजार ३७६, राहत दरबन्दीमा ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ शिक्षक रहेका छन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment