• ताजा समाचार, शिक्षा तथा संस्कृति

    मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

     141 Views
    मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

    काठमाडौं, २७ भदौ । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । विद्यार्थीहरुले दायर गरेको एक रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतल भदौ २८ गते शुक्रबार हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेपछि चुनाव स्थगित भएको हो ।

    अदालतको आदेशसँगै निर्वाचनका सबै प्रक्रिया रद्द भएका छन् । बुधबार मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत बीएससी बायोलोजी समूह पाँचौँ सेमेष्टरमा अध्ययनरत रञ्जित विकसहितका विद्यार्थीले उच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

    स्ववियु निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम छुटाएको भन्दै उनीहरू उच्च अदालत पुगेका थिए । न्यायाधीश मदन पोखरेलको एकल इजलासले यो विषयमा अन्तरिम आदेश छलफलका लागि असोज ६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

    सो विश्विद्यालयमा साउन ३१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसअन्तर्गत निर्वाचन अकिकृतको कार्यालयले भदौ ५ गते अन्तिम नामावली प्रकाशित गरेको थियो ।

     

     

    यसमा तपाइको मत

    Facebook Comment