त्रिवि सभा बैठक स्थगित

अनलाइनसमय |
३१ असार २०८१
त्रिवि सभा बैठक स्थगित

काठमाडौं, ३० असार । त्रिभुवन विश्वविद्यालयको सभा स्थगित भएको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले असार ३१ गत भोलीका लागि तय गरिएको बैठक अन्तिममा आएर स्थगित गरेको हो ।

सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भीमबहादुर श्रेष्ठले आइतबार सूचना जारी गर्दै राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको बताएका छन् ।

कार्यकारी परिषदको निर्णयअनुसार त्रिवि सभा गर्ने प्रस्तावलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सभा गर्ने स्वीकृत गरेको थियो । तर, सरकार परिवर्तनपछि त्रिवि कुलपति एवम् सभा अध्यक्ष नभएकोले सभा स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस