प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

अनलाइनसमय |
२२ असार २०८१
प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले २८ गते विश्वासको मत लिने भएका छन् ।

उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले २८ असारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद सचिवालयलाई पत्र पठाएका छन् ।

एमालेले बुधबार प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो । सँगसँगै सरकारमा सहभागी एमालेका सबै मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस