तीन दिन मौसम थप सक्रिय हुने-३० जिल्ला ‘रेड जोन’मा, सतर्कता अपनाउन आग्रह

अनलाइनसमय |
२२ असार २०८१
तीन दिन मौसम थप सक्रिय हुने-३० जिल्ला ‘रेड जोन’मा, सतर्कता अपनाउन आग्रह

 

काठमाडौं, २१ असार । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । न्यून चापीय रेखा थप केहीदिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास नै रहने भएकाले मनसुन अझ सक्रिय हुने सम्भावना रहेको मौसम पूर्मानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आजदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्ण बदली हुनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

मनसुन सक्रिय हुँदा भारी वर्षा हुने, बाढी–पहिरो आउने, होचा भूभाग डुबान हुने, गेग्रान बहावले सडक यातायात अवरुद्ध हुने र हवाई यातायात समेत प्रभावित हुने पूर्वानुमान विभागले गरेको छ ।

विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ, ‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’

महाशाखाले ३० जिल्लालाई ’रेड जोन’मा राखेको छ ।

मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले ‘रेड जोन’मा राखेको हो । यसअघि विभागले असार १७ गतेदेखि २० गतेसम्मको अवधिमा ३४ जिल्लामा रेड अलर्ट जारी गरेको थियो  ।
कुन जिल्लाको अवस्था कस्तो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस